News

आज ९ सय ४० जनाले कोरोना जितेर घर फर्किए

नेपालमा आज एकै दिन थप ३७० जना कोरोना लाई जितेर घर फर्किएका छन । स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रबक्ता प्रा. डा जागेश्वर गौतमले पछिलो २४ घन्टामा मा ३७० जना निको भएर घर फर्किएको पुष्टि गरेका छन ।

रामेछाप अस्पतालबाट कोरोना जितेर घर फर्कदै १३ जना

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिएका हुन् ।

त्यस्तै हालसम्म कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या २१४२ पुगेको छ । पछिल्लो २४ घन्टामा ३७० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

नेपालमा अहिलेसम्म २ लाख ६८ हजार जनाको आरडिटी परिक्षण गरिएको छ भने १ लाख ८१ हजार जनाको पिसिआर परिक्षण गरिएको छ । त्यस्तै देशभरीको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ९० हजार पुगेको छ भने आइसोलेसनमा ७७८९ जना रहेको स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका हुन् ।

Related Articles

Back to top button
Close