News

धरान “घोपा” अस्पतालका दुई डाक्टरमा कोरोना संक्रमण पुष्टि

धरान “घोपा” अस्पतालका दुई डाक्टरमा कोरोना संक्रमण पुष्टि
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई जना पुरुष डाक्टरहरू ईएनटीका एडिसनल प्रोफेसर र बायोक्यामेस्ट्रि विभाग का एसोसिएट प्रोफेसरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

इएनटीका डाक्टर केही दिन अघि जनकपुर गएर आएको पाइएको छ । उनी जनकपुरबाट आएपछि प्रतिष्ठानका विभिन्न डिपार्टमेन्ट पुगेको र अरू डाक्टरहरू सँग भेटघाट समेत गरेको बताइएको छ । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बस्ने आवसिय चिकित्सकहरूमा लापर्वही बढेको बताइएको छ ।

अहिले कनट्र्याक्ट टे्रसिङको काम धमाधम भइरहेको छ । प्रतिष्ठानको भित्र बसोबास गर्ने चिकित्सकहरू बाहिर गएर आएपछि होम क्वारेनटाइनमा नबसी लापर्वही तरिकाले घुमफिर गर्ने गरेको बताइन्छ । पछिल्लो पटक संक्रमित इएनटीका डाक्टर पनि आफूले स्वाब परीक्षण गर्न दिएर पनि बाहिर घुमफिर गरेकोले समस्या सिर्जना भएको बताइएको छ ।

Related Articles

Back to top button
Close