Video

चौत भाग्य न्यौपानेले

केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पहिला पुगेका थिए । यसरी पुग्नेमध्येका भाग्य न्यौपाने पनि एक थिए। भाग्य न्यौपानेले बालगृहमै पुगेर बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ पनि दिए । त्यसको दुई दिनपछि उनी फेरि केयर एयर होममा पुगेर पुष्पासँग आफूले दिएको पैसा फिर्ता मागे ।

उनले हिजो लिगेको अन्तरवार्ता हेरेपछि सबैले आफ्नो ठाउँ बाट आफ्नो आफ्नो धारणा प्रस्तुत गरिरहेका छन् । ‘बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’ भन्ने शिर्षकमा ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भिडियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेसबुकमा समेत भाइरल भएको थियो ।

अन्तरवार्ताका नाममा युट्युबरले बेइज्जतीपूर्ण तरिकाले उनको ‘अन्तरवार्ता’ लिइएको भन्ने आरोप भाग्य न्यौपानेलाइ लगाइएको र अन्तर्वार्ताको क्रममा भाग्यको प्रस्तुति र बडी ल्याङ्वेज अत्यन्त फरक रहेको भन्ने कुराहरु आइरहदा भाग्य न्यौपानेले आफ्नो फेसबुक मार्फत स्पष्टीकरण दिएका छन् ।

‘म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आक्रोषित पनि भएँ त्यसैले आक्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नियतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिकारिलाई दुर्व्यवहार गरेको होइन र म त्यस्तो व्यवहारको बिरोध गर्छु र अगामिदिन यस्तो विषयप्रती अझ संवेदनशील हुनेछु। मेरो उक्त भिडियोको कारणले महिला संवेदनामा कुनै आँच पुग्न गएमा म माफी माग्न चाहान्छु। यो विषयमा समालोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चाहान्छु।’

Related Articles

Check Also
Close
Back to top button
Close