News

श्रीमती र छोरी भेट्न हङकङ जाने योजनामा थिए, तर कोरोनाले भयो मृत्यु

कास्की – कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । यही साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’को सघन उपचारकक्षमा उपचाररत ती पुरुषको गए राति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन सङ्क्रमितको मृत्यु भएकामा स्याङ्जाका दुई जना छन् ।

ज्वरो, रूघाखोकीले ग्रस्त भएर आफैं अस्पताल गए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साउन १६ गते भर्ना हुन पुगेका उनको स्वाब निकालेर कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आयो। त्यसपछि अस्पतालकै आइसोलेसनमा बसे।उनी मधुमेहका बिरामी थिए। उनलाई आइसोलेसनमै राखेर अस्पतालका चिकित्सकले निगरानी गरिरहेका थिए। उनी पोखरास्थित घरमा एक्लै थिए। उनका श्रीमती र २ छोरी हङकङमा छन्।

कोरोना सङ्क्रमितबाट मृत्यु हुनुभएका पोखरा महानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको शव व्यवस्थापन गर्दै नेपाली सेना । तस्बिरः राधिका कँडेलउनी पनि हङकङ जाने तयारीमा रहेका थिए। ‘लकडाउन हुँदैनथ्यो भने उनी यतिबेला हङकङ पुगिसकेका हुने थिए एक्लै बसेका उनले घरमै सच्चाइ चलाएका थिए। सच्चाइमा विभिन्न धर्ममा आस्था राख्ने मानिसहरू जम्मा भएर भजनकिर्तन गर्ने गर्छन्। बिरामी हुनुभन्दा अघिसम्म पनि उनले घरमै सच्चाइका अनुयायीलाई बोलाएर भजनकिर्तन गर्थे। ।

Related Articles

Back to top button
Close