International

कोरोना भाइरसबि’रुद्धको भ्याक्सिनलाई रूस सरकारले अगष्ट १२ मा वै’धानिकता दिने

एजेन्सी। रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले कोरोना भाइरसबि’रुद्धको भ्या’क्सिन आगामी अगष्ट १२ मा औ’पचारिक रुपमा दर्ता हुने बताउनुभएको छ ।रुसले कोरोना भाइरसबि’रुद्धको भ्या’क्सिन निर्माणको सम्पूर्ण चरण पार

गरिसकेको तर सरकारबाट स्वी’कृति हुन बाँकी रहेको बताउदै आएको थियो । यद्यपि अब अगष्ट १२ मा भने यसले सरकारी स्वीकृति पाउनेछ । सो भ्याक्सिन मास्कोस्थित गा’मेलेइ सेन्टरले विकास गरेको हो । यो भ्या’क्सिन सर्वप्रथम स्वास्थकर्मी र वृ’द्धवृद्धालाई लगाइने रुस सरकारले जनाएको छ ।

रुसी सहायक स्वास्थमन्त्री ओ’लेग ग्रि’डनेभले शुक्रबार अहिले अ’न्तिम चरण अर्थात् तेस्रो चरणको क्लि’निकल ट्रा’यल भइरहेको जानकारी दिनुभएको छ । यो चरण अ’त्यान्त महत्वपूर्ण भएको उहाँले पत्रकारहरुसँग बताउनुभएको थियो ।१८

जुनमा म’स्कोस्थित से’चेनोभ विश्वविद्यालयमा भ्या’क्सिनको क्लि’निकल ट्रा’यल सुरु भएको थियो । ३८ स्व’यंम्सेवक सहभागी भएको अध्ययनमा यसले सु’रक्षा प्रो’टोकल पूरा गरेको रुसको दा’बी छ ।

Related Articles

Back to top button
Close