International

भारतीय फिल्मी जगतमा अर्को शोक : अभिनेता अरुण गुहाको कोरोनाले लियो ज्यान

भारतीय फिल्मी जगतमा अर्को शोक : अभिनेता अरुण गुहाको कोरोनाले लियो ज्यान
बंगाली फिल्मका चर्चित अभिनेता अरुण गुहा ठाकुरताको निधन भएको छ।

कोरोना पोजिटिभ देखिएपछि कोलकाताको केएमआर बाङ्गुर अस्पतालमा उपचाररत अरुणको मंगलबार दिउँसो निधन भएको हो।

उनको कोरोनाकै कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अरुणलाई जुलाई ६ गते कोरोना पुष्टि भएको थियो। त्यसपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए।

अस्पताल भर्ना भएसँगै उनको स्वास्थ्य अवस्था बिर्गदै गएको डाक्टरहरुले बताएका छन्।

उनी अभिनयमा अब्बल थिए ।

बंगाली फिल्म सिनेवाला, बिसर्जन, र ल्यापटप उनको चर्चित फिल्म हो ।

आज फेरि हामीले एकजना असल कलाकारलाई गुमाएका छौं ।

उनी भारतीय सिनेमाका एक हिरा थिए भनेर उनका साथीहरुले सामाजिक संजालमा पोष्ट गरिरहेका छन् ।

यसअघि भारतीय सिनेमा जगतमा धेरै अब्बल कलाकारले ज्यान गुमाईसकेका छन् ।

केहि समय अघि कोरोनाको कारण बलिउडमा अर्को ठुलो शोक कोरोनाको आशंका गरिएका चर्चित संगीतकर्मी ४२ वर्षे वाजिदको निधन भएको थियो ।

Related Articles

Back to top button
Close