News

काठमाडौँका तीन क्षेत्रमा १४ दिनसम्म लकडाउन

काठमाडौँका तीन क्षेत्रमा १४ दिनसम्म लकडाउन
काठमाडौं महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्रका स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ ।

काठमाडौं महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबौद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले जानकारी दिए । त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उहाँले बताए ।

स्थानीयले अवस्थाअनुसार सातदेखि १४ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी आफूलाई भएको उनी बताउँछन् ।

Related Articles

Back to top button
Close