News

काठमाडौं उपत्यकाका यी २३ ठाउँमा फेला परे २६७ कोरोना संक्रमित…..

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । लकडाउन खुकुलो भएसँगै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न २३ ठाउँमा २ सय ६७ जना कोरोना संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १ सय ७५, ललितपुरमा ४९ जना र भक्तपुरमा ४३ जनामा कोरोना संक्रम भएको छ । अहिलेसम्म काठमाडौं उपत्यकाका काठमाडौं र ललितपुरमा एकएक जनाको मृत्यु भएको छ ।

उपत्यकामा रहेका एक्टिभ संक्रमित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र दुवाकोटको केएमसी अस्पतालमा उपचारका क्रममा रहेका इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा देखिएका संक्रमित धेरैजसो विदेशबाट आएका रहेका जानकारी दिएका छन् । विभिन्न ठाउँमा अहिले परीक्षणको दायरा बढाइएको छ ।

बुधबार बिहानसम्मको काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएका छन् ।

निर्देशक पाण्डेका अनुसार ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएका छन् ।[][]

Related Articles

Back to top button
Close