International

साउदी अरब

एजेन्सी , साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको आम्दानी ७३ प्रतिशतले घ’टेको छ। कोरोना भाइरस महामारीका कारण स’वारीसाधन र उद्योगधन्दा नचल्दा अ’रामकोलाई आम्दानीमा झ’ट्का लागेको हो। यस वर्षको दोस्रो त्रैमासिकमा सो कम्पनीको कमाईमा ७३ प्रतिशत गिरावट आएको बीबीसीमा उल्लेख छ। महामारी नियन्त्रणका लागि विश्वभर लगाइएको प्र’तिबन्धका कारण यो वर्ष तेलको माग र मूल्यमा भा’री गि’रावट आएको छ। विश्वमा खनिज तेलको खपत दशककै सबैभन्दा तल्लो बिन्दुमा झ’रेको छ। यो स्थिति साउदी तेल कम्पनीमाथि भा’री परिरहेको छ।

कम्पनीले यो वर्षमात्रै लाभांशबापत ७५ अर्ब अमेरिकी डलर भुक्तानी गर्नुपर्ने बताइएको छ। तर, विश्व बजारमा तेलको माग ह्वात्तै घ’ट्दा अरामकोलाई आर्थिक व्यवस्थापन गर्न समस्या पर्ने देखिएको छ। तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आमीन ना’सिरले विश्व बजारमा तेलको मा’ग

बढिरहेको दा’वी गरेका छन्। साउदी अरबको राजस्व घाटा सन्तुलित राख्न अरामकोको लाभांशले महत्वपूर्ण भूमिका खेल्ने गर्छ। अघिल्लो वर्षमात्रै शेयर मार्केटमा आएको अरामकोको शेयर २९.४ डलरमा बिकेको थियो। तर आम्दानीमा गि’रावट आएपछि अरामकोलाई पछि पार्दै अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा ठूलो पब्लिक कम्पनी बनिसकेको छ।

Related Articles

Back to top button
Close