Video

अन्ततः पत्रकार प्रकाश सुवेदीले मागे माफी

काठमाडौं २५ साउन / एपिवान टेलिभिजनबाट गत बिहिवार प्रसारित रजतपट कार्यक्रम विवादित बनेपनि कार्यक्रम प्रस्तोता वरिष्ठ रंगपत्रकार प्रकाश सुवेदीले भिडियो मार्फत हात जोडेर मागेका छन् ।उक्त कार्यक्रममा नाम नलिएकी नायिका प्रति

लक्षित गर्दै ‘दारा’ भन्ने शब्द उच्चारण गरेपछि पत्रका सुवेदीको चर्को आलोचना भएको हो ।यसै बिषय प्रति ध्यानाकर्षण हुँदै अभिनेत्री पूजा शर्मा सुवेदी विरुद्ध चलचित्र संघमा आज उजुरी समेत दिएकी छन् । अभिनेत्री शर्माले उक्त भनाई आफूप्रति लक्षित रहेको यसअघि फेसबुक स्टाटस लेखेर स्पष्ट पारेकी थिइन ।

तर, यता पत्रकार सुवेदीले भने उक्त भनाई कसैप्रपति लक्षित नभई प्रतीकात्मक भनाइ रहेतापनि ‘दारा’ शब्द उच्चारण गरेर गल्ती गरेको महसुस गर्दै माफि मागेका छन् । पत्रकार सुवेदी र नायिका शर्माको सम्बन्ध केहिसमय अगाडिको एक अन्तर्वातामा कारण चिसिएको थियो ।

Related Articles

Back to top button
Close