News

गोंगबु चोक

२६ साउन, काठमाडौं । काठमाडौंको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो । तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् ।

गोंगबु चोक नजिकै आइतबार सुटकेसभित्र अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको टाउको र खुट्टाविनाको शव भेटिएको थियो कुकुरको सहयोगमा प्रहरीले सुटकेशभित्र श;व भेटिएको ठाउँभन्दा करिब तीन सय मिटर पर जेब्रा झोला भित्र टाउको र खुट्टा फेला पारेको थियो । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रहरीको अनुरोध – शव पहिचानका लागि सहयोग गरिदिनु होला । कसैले उहाँलाई चिन्नु भएको भए, नजिकैको प्रहरी वा 9851283032 वा 9851289100 मा सम्पर्क गरिदिन भनिएको छ ।

सुटकेशमा भेटिएको श वको पहिचान खुल्यो
गोंगबुको नयाँ बसपार्कस्थित गणेशस्थानमा सुटकेशमा भेटिएको श वको पहिचान खुलेको छ ।

गोंगवु गणेशस्थानस्थित सडकमा श व टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा प्रहरीले आइतबार फेला पारेको थियो ।

सुटकेशमा भेटिएको श व काठमाण्डौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

मृतक बोहरा । तस्विर काठमाडौंपाटी डटकमबाट
आइतबार बिहान गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button
Close