News

नेपालमा

काठमाडौं-नेपालमा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ४ जनाको कोरोनाले मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १५ भेडियाहि बस्ने ४५ वर्षिया महिला रहेकी छन् । उनको गण्डक कोरोना अस्पतालमा मृत्युपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बाँकेमा कोरोना संक्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचाररत कोहलपुर नगरपालिका–२ की ७० वर्षीया वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको आइतबार दिउँसो मृत्यु भएको थियो । ती वृद्धाको शुक्रबार स्वाब लिइएको थियो । निमोनियाको लक्षण देखिएकी उनमा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा किर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरुष रहेका छन् । स्वाब लिई परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो ।

काठमाडौँ मध्यबानेश्वरका ७६ वर्षका पुरुषको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

Related Articles

Back to top button
Close