News

लामो दुरीको यातायात र हवाई उडान भदौ १५ गतेसम्म रोक लगाउने निर्णय

काठमाडौं– सरकारले अन्तरजिल्ला यातायात र हवाई उडानको सेवा भदौ १६ गतेदेखि मात्र सुचारु गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले यसअघि भदौ १ गतेदेखि नै सुचारु गर्ने भनिएको हवाई उडान र अन्तरजिल्ला यातायात

१५ दिनपछि अर्थात भदौ १६ गतेदेखि मात्र खोल्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार बैठकले भारतसँग जोडिएका नेपाली सीमाहरुमा थप कडाई गर्ने निर्णय गरेको छ । यसअघि भारतबाट नेपाल प्रवेशका लागि २० वटा नाका तोकिएकोमा त्यसलाई घटाएर १० मा झार्ने निर्णय भएको छ ।

यसअघि साउन ५ गते बसेको मन्त्रीपरिषद बैठकले १२० दिन लामो लकडाउन अन्त गर्दै अन्तरजिल्ला यातायात, हवाई उडान भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो । तर, सरकारले बिना तयारी लकडाउन अन्तको घोषणा गरेसँगै कोरोना

संक्रमणको दर बढेपछि यसको नियन्त्रणमा जुटेका विभिन्न पक्षहरुको सुझावमा सरकारले लामो दूरीको यातायात र हवाई उडान खोल्ने नयाँ मिति तोकेको हो । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको सिफारिसमा यस्तो निर्णय भएको ती मन्त्रीले बिजशालालाई जानकारी दिए ।

Related Articles

Check Also
Close
Back to top button
Close