Video

आफ्नै जीवनमा आधारित यति मिठो गीत रेकर्ड गराए अर्जुनले ..( भिडियो हेर्नुहोस् )

काठमाडौं २६ साउन / केहिदिन यतादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका कैलालीका अर्जुन विकले आफ्नै जीवन कहानीमा आधारित नयाँ गीत रेकर्ड गराएका छन् ।

राजधानीको सडकमा छोरालाई बोक्दै रिक्सा चलाइरहेका विकको जीवनमा नयाँ तरङ्ग आएको छ । सञ्जालमा छाएका अर्जुन राजधानीबाट कैलाली घर पुगेर फेरि राजधानी नै फर्केका छन् ।

उनको श्रीमतीपनि मिडियामा आएपछि आफू घर जान बाध्य भएको अर्जुन बताउँछ । अर्जुनले यसअघि पनि गीतसंगीतमा काम गरिसकेको रहेछ , उनी भाइरल भएसँगै अर्जुन फिचर्ड म्युजिक भिडियोले पनि बजारमा चर्चा पाएको थियो ।

एक सेल्फीका कारण रातारात चर्चामा आएका अर्जुनको सेल्फीलेनै जीवनमा खुसीको पल पनि ल्याइदिएको छ ।
भिडियो हेर्नुहोस् ।

Related Articles

Back to top button
Close