News

नेपाल एयरलाइन्सका

नेपाल एयरलाइन्सका थप एक पाइलट र तीन ‘क्रू’ मेम्बरलाई कोरोना पुष्टि भएको छ ।

बुधबार आएको रिपोर्टअनुसार पाइलटसहित चार जनालाई कोरोना संक्रमण पुष्टि भएको नेपाल वायुसेवा निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

यो पढ्न छुटाउनु भयो कि

उद्दारमा खटिएका नेपाल वायुसेवा निगमको चालक दलका ७ जनामा कोरोना संक्रमण
काठमाडौँ एकैदिन थपिए ५४ संक्रमित, देशभर १८०
काठमाण्डौको तारकेश्वरमा ३ महिलामा कोरोना देखिएपछि घर

शिल गरियो
कोरोना संक्रमण पुष्टि भएका पाइलटसहित उडान कर्मचारीलाई सशस्त्र प्रहरी बलको बलम्बुस्थित युनिफाइड हस्पिटलको आइसोलेसनमा राखिएको खड्काले बताइन् ।

यसअघि निगमकै तीन पाइलटसहित १४ जना ‘क्रू’ मेम्बरलाई कोरोना पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

संक्रमितहरु काठमाडौं को १६ जना, ललितपुरको ७ जना रहेको पनि गौतमले बताए ।

नेपाल बुधबार थप दुइ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मुलुकको विभिन्न ठाउँमा गरिएको परीक्षणमा २ सय ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close