News

किस्ट अस्पतालमा काभ्रे पाँचखालकी एक महिला कोरोना संक्रमितको कारण मृत्यु

काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ ।काभ्रे पाँचखालकी एक महिला निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन् ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।आईसीयूमा उपचाररत हुँदा सोमबार उनको मृत्यु भएको पाठकले जानकारी दिए ।

महामारीमा वायुसेवा कम्पनीले गुमाए ६ अर्ब, प्राधिकरणलाई साढे ४ अर्बको नोक्सानी

कोरोना भाइरसको महामारी सुरु भएपछि चैत २०७६ यता हवाई यातायात प्रभावित छ । उद्धार उडानका क्रममा अन्तर्राष्ट्रिय उडान भएपनि त्यसले व्यवसायिक मुनाफा दिन भने सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चैतदेखि असार २०७६ अर्थातः आर्थिक वर्ष २०७६/७७ मा मात्र वायुसेवा कम्पनीले ६ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् । जसले गर्दा प्राधिकरणको आम्दानीमा समेत उत्तिकै नोक्सानी भएको छ ।

प्राधिकरणका अनुसार यो वर्ष अनुमान गरिएको भन्दा साढे ४ अर्ब रुपैयाँको नोक्सानी भइसकेको छ । नियमित आम्दानीतर्फ प्राधिकरणले यस आवमा ८ अर्ब ३३ करोड आम्दानीको प्रक्षेपण गरेको थियो । तर, प्रगति ५५ प्रतिशत मात्र रहृयो ।

अर्थातः ४ अर्ब ६१ करोड रुपैयाँमात्र आय भएको छ । यो आवमा हरेक यात्रुबाट उठाइने विमानस्थल शूल्कबाट प्राधिकरणले २ अर्ब २१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको थियो ।

तर, मूख्य पर्यटकीय सिजनमै उडान-अवतरण बन्द भएपछि आम्दानी गुमेको हो । प्राधिकरणका अनुसार यो आवमा विमानस्थल शूल्कमार्फत १ अर्ब ३४ करोड मात्र आम्दानी भएको छ ।

यो रकम प्रक्षेपित रकमभन्दा ३९ प्रतिशत कम हो । समग्रमा प्राधिकरणको आम्दानी ४३ प्रतिशतले कम भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

धरासायी बन्यो उद्योग

प्राधिरकरणले कोरोना भाइरसको प्रभावका कारण पर्यटन र हवाई उद्योग धरासायी जस्तै बन्न पुगेको बताएको छ । देशभर लागू भएको लकडाउनको समयमा विकास आयोजनाको काम रोकिएपछि त्यसले आयोजना कार्यान्वयनको समयावधि पर धकेलेको छ ।

प्राधिकरणका अनुसार यो वर्ष गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण सक्ने योजना थियो ।

तर, लकडाउनका कारण यो आयोजना चालु आवको समेत अन्तिमसम्म पुग्ने देखिएको छ । सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा यालु केही घटेका थिए ।

तर, सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गरेका कारण यात्रु बढ्ने प्रक्षेपणसमेत कोरोना भाइरसको संक्रमणका कारण असफल बन्ने भएको छ ।

प्राधिकरणका अनुसार आम्दानी घट्दा नेपाल सरकारको स्रोतबाट सञ्चालनमा रहेका ठूला आयोजना प्रभावित नभएपनि आन्तरिकतर्फका विमानस्थलको काम भने प्रभावित हुने भएको छ । यसले विमानस्थलहरुको विकास र स्तरोन्नतिको काम प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

८० प्रतिशतसम्म घट्दैछन् हवाई यात्रु

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले सन् २०२० मा एसिया प्रशान्त क्षेत्रमा ३८-७० प्रतिशतसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा २८-५० प्रतिशतसम्म हवाई यात्रु घट्ने अनुमान गरेको छ ।

यो समस्याबाट नेपाल अझ बढी प्रभावित हुनेछ । किनकी सन् २०२० को पहिलो ६ महिनामा गत वर्षको पहिलो ६ महिनाको तुलनामा अन्तराष्ट्रियतर्फ ६१ प्रतिशतले यात्रु कम भइसकेका छन् ।
आन्तरिकमा ५५ प्रतिशतले यात्रु घटेका छन् । यस्तै अवस्था रहेमा सन् २०२० को बाँकी ६ महिना पुरा हुँदा ८० प्रतिशतसम्म हवाई यात्रु घट्ने अनुमान प्राधिकरणले गरेको छ ।

Related Articles

Back to top button
Close