News

एउटै वडामा ५० जना संक्रमित २ जनाको कोरोनाकै कारण निधन भएपछि स्थानिय त्र’सित

विराटनगर । विराटनगरमा समुदायमै कोरोना फैलिएको छ । मंगलवार फेरी एउटै टोलमा ठूलो संख्यमा कोरोना संक्रमित फेला परेका छन् । एउटै वडामा संक्रमितको संख्या ५० पुगेको छ। विराटनगर महानगरपालिका–९ मा संक्रमितको संख्या ५० पुगेको हो ।

संक्रमित हुनेमा ३५ पुरुष र १५ महिला छन्। उक्त वडामा कोरोनाकै कारण दुई जनाको निधन भइसकेको छ। धेरै संक्रमित भेटिएको सो वडा स्थानीय प्रशासनले आइतबार साँझबाट ७२ घण्टाका लागि सिल गरेको छ। संक्रमितको सम्पर्कमा रहेकाको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दै पीसीआर परीक्षणको दायरा बढाएर कोरोना नियन्त्रण गर्न मानिस तथा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गराउँदै उक्त वडा सिल गर्नु पर्ने अवस्था आएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

महानगरमा पछिल्लो १२ घण्टामा मात्रै २३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार थप भएका सबैभन्दा बढी संक्रमित विराटनगर महानगरपालिका–१७ का सात जना छन्। पछिल्लो रिपोर्टअनुसार विराटनगर–३ मा एक, ५ मा चार, ६ मा तीन, ७ मा एक, ८ मा तीन, ९ मा दुई, १५ मा एक र १७ नम्बर वडामा सात जनामा कोरोना पुष्टि भएको छ। एक संक्रमितको वडा खुलाइएको छैन। एउटै वडामा ठूलो संख्यामा संक्रमित फेला पर्नु र दुई जनाको कोरोनाकै कारण निधन भएका कारण स्थानिय त्र’सित भएका छन् ।

Related Articles

Back to top button
Close