News

काठमाडाैं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित

काठमाडाैं । बुधबमर काठमाडौं उपत्यकामा एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे १६ जना, ललितपुरकाे ७ जना रहेकाे गाैतमले बताए ।

नेपाल बुधबार थप दुइ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मुलुकको विभिन्न ठाउँमा गरिएको परीक्षणमा दुइ सय ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या १६ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिए ।

नेपालमा पछिल्लाे २४ घण्टामा दुइ सय ५३ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् ।

हालसम्म काेराेना निकाे भएर घर फर्किनेकाे संख्या सात हजार सात सय ५३ जना पुगेका छन् ।

Related Articles

Back to top button
Close