Video

निशानले गरे प्रेमिकासँग कानुनी विवाह

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । उनले, आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यापानेसँग निशानले कानुनी विवाह गरेका हुन् ।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए। निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।

शिवानीको गीत सार्वजनिक

कोरोनाको कारण मनोरञ्जन क्षेत्र खासगरी सिनेमाको निर्माण, उत्पादन ठप्प छ । कलाकर्मीहरु फुर्सदिला छन् । यसबीचमा केही कलाकर्मी भने आपसी झगडामा उत्रिएका छन् । यसमा केही मुद्धा महिला यौन एवं लैंगिक हिंसासँग सम्बन्धित छन् ।

त्यसो त समाजमा पनि लैंगिक हिंसाको घटना बढिरहेका छन् । खासगरी लकडाउनको समयमा घरेलु हिंसाको रुप अरु चर्को भएको खबर सार्वजनिक भए । यही क्रममा केही म्युजिक भिडयो सार्वजनिक भए, जसले महिला हिंसा विरुद्ध आवाज उठाएका थिए । जस्तो कि, अबन्धन ।

यो शिवानी भट्टराईले गाएकी गीत हो । गीत लेख्ने, संगीत दिने काम पनि उनकै हो । गीतमा महिला शसक्तिकरणलाई जोड दिइएको छ । यसको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गायिका शिवानी स्वयमले अभिनय गरेकी छिन् । उनीसँगै प्रशान्त तामाङलाई पनि देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन भने प्रशन्न शाक्यको हो ।
बर्खा मुखिया र रेवत श्रेष्ठको छायांकन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।

Related Articles

Back to top button
Close