News

मोबाइल

काठमाडौं – कहिलेकाही नसोचेको घटना एक्कासी हुने गर्छ । धेरैजसोले मोबाइल चार्जमा राखेर चलाउने गर्छन् । तर यस्तो बानीले गम्भिर घटना हुने गर्छ । यस्तै भारतमा पनि यस्तै एक घटना घटेको छ ।

भारतको तमिल्नाडुमा मोवाईल पड्किँदा आमा र दुई छोराको ज्यान गएको छ । चार्जमा राखेको मोवाइल एक्कासी ब्लास्ट भएपछि एकैघरका ३ जनाको मृत्यु भएको भारतिय मिडियामा जनाइएको छ

२९ वर्षीया मथुलक्ष्मीले मोबाइल चार्जमा राखेर कुरा गरिरहेकी थिइन् । त्यसै समय कल काटे लगत्तै मोवाइल ब्लास्ट भएको बताइएको छ ।

भारतिय मिडियाका अनुसार मोबाइल पड्कीदा आगो निस्किएको र आगोले नै मथुलक्ष्मीसहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको ज्यान गएको जनाइएको

आगोले गम्भिर घाइते भएका उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृत घोषित गरेका जनाइएको छ ।

Related Articles

Back to top button
Close