News

मोटरसाईकल

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बिशालटारमाट्रक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक नुवाकोटको तारकेश्वर गाउँपालिका–१ का २७ वर्षिय बिरेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

सोमबार दिउँसो करिव १ः३० बजे चितवनबाट मलेखु तर्फ आउँदै गरेको बा ८४ प ६९६६ नम्बरको मोटरसाईकल र चितवन तर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको खड्काले बताउनुभयो ।

यस्तै घाईते हुनेमा मोटरसाईकलमा सवार धादिङको रुविभ्याली गाउँपालिका–३ का ३० वर्षका भोज बहादुर तामाङ रहेका छन् छन् । घाईते तामाङको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भईरहेको र ट्रक, मोटरसाईकल र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले धादिङ सञ्चारलाई बताउनुभयो ।

Related Articles

Back to top button
Close