Entertainment

आज रातिबाट अत्यन्तै शुभयाेगकाे निर्माण हुँदै, कस्लाई के फाईदा ?

आज रातिबाट अत्यन्तै शुभयाेगकाे निर्माण हुँदै, कस्लाई के फाईदा ?

विभिन्न समयमा फरकफरक रुपमा भगवानकाे अवतार पृथ्वीमा भएकाे प्रमाणहरु प्रसस्तै छन् । जन्म तिथिकै आधारमा हामीले भगवानकाे जन्मदिन धुमघाम मनाउने गरेका छाै ।

यसै अनुरुप भाद्र कृष्ण अष्टमीमा भगवान श्रीकृष्णकाे जन्माेत्सव पर्व मनाउँदै आएका छाै । ज्ञानयाेग,कर्मयाेग र भक्तियाेगका रचयिता भगवान श्रीकृष्णकाे जन्म द्वापरयुगमा भएकाे हाे । वैदिक पञ्चाङ्ग अरुसार भाद्रकृष्ण अष्टमीकाे मध्यरातमा भएकाले उक्तदिनलाई श्रीकृष्ण जन्माष्टमीका रुपमा पुजा,आरधना तथा व्रतबसेर मनाउने परम्परा रहिआएको छ ।

यसैकारणले जन्माष्टमीकाे रातलाई माेहाेरात्रीका रुपमा पनि पुजागर्ने बिधान रहिआएको छ । बर्षमा चार रात्रीकाे अत्यन्तै महत्व रहने गरेकाे छ जस्तै बढा दशैमा पर्ने कालरात्री, लक्ष्मीपुजाकाे रात्रीलाई सुख रात्री तेस्तै शिव रात्री र श्रीकृष्ण जन्माष्टमीकाे रात्री लाई माेहरात्रीकाे विशेष महत्व रहने गरेकाे शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रमा कृष्णलाई कालिकाे रुपमा व्याख्या गरिएकाले साधनाका लागि अत्यन्तै शुभ रहने पनि उल्लेख गरिएको छ ।

वैदिक विधिअनुसार आजकाे दिन दिनभर व्रत बसेर रातकाे मध्याह्न समयमा भगवान श्रीकृष्णकाे वैदिक बिधिअनुसार पुजागरेर रात्रीमा जागा बसेमा समस्त मनाेकामना पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ । आज मंगलबार अष्टमीकाे संयाेगमा जन्माष्टमी पर्व परेकाले विशेष महत्वका साथ हेरिरहेको छ ।

भाैमाष्टमीकाे दिन भएकाले पाठ,पुजा,दान तथा व्रतवस्नका लागि अत्यन्तै शुभ रहनेउल्लेख गरिएको छ । अष्टमीका दिन मंगलबा परेकाे समयमा मध्यराति विधिबत् पुजा उपासना गरेमा हरेक प्रकारका कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ ।

यस्ताेसमयमा विशेष प्रकारकाे देवीकाे यन्त्र साधना गरेमा अनन्त गुणाफल मिल्नेपनि उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close