News

नविन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो ।

अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइरहेका बेला प्रमुख आयुक्त समेत संक्रमित भएका छन् । स्रोतका अनुसार अन्य एक आयुक्त समेत संक्रमित भएका छन् ।

संक्रमित प्रमुख आयुक्त घिमिरे घरमै आइसोलेसनमा बसेको बताइएको छ । अख्तियारले यस बारेमा औपचारिक जानकारी भने दिएको छैन ।

Related Articles

Back to top button
Close