News

बेसार पानी र यी घरेलु खुराकले घरमै बसेर १२ दिनमा नै सांसद यादवले कोरोना निको पारेपछि…

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई लिएर नेपालमा बेसार निकै चर्चामा रहेको छ । प्रधानमन्त्री केपी शर्माले बेसार कोरोना हराउन उपयोगी हुन्छ भन्ने बयान दिएपछि यस्ले खुब चर्चा पाउन सफल भएको थियो । यो बीचमा सांसद प्रदीप यादवले कोरोना भाइरसको संक्रमणलाई केही फरक घरेलु तरिकाले जित्न सफल भएका छन् । आफ्नो पीसीआर परीक्षण रिपोर्ट सामाजिक सञ्जालमा राख्दै यादवले यस्तोमा नआत्तिन सबैसँग अपील पनि गरेका छन् ।

१२ दिनपछि गरेको दोस्रो पटकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको भन्दै यादवले डाक्टरको सल्लाह–सुझाव अनुसार आत्मानुशान कायम गरी सुरक्षित रुपमा आइसोलेसनमा बसेकाले कोरोनालाई जित्न सफल भएको उल्लेख गरेका छन् । अझै सात दिन घरमै आइसोलेसनमा बस्ने जानकारी दिँदै यादवले सुरक्षात्मक उपाय अपनाउन र भयभित नहुन सबैमा आग्रह गरेका छन् ।

उनले आफूले दैनिक दुईवटा प्याज, २२ पोटा लसुन, आधा चम्चा बेसार, एउटा कागती, कालो खुर्सानी र बिरेनुन मिक्सरमा पिसेर हरेक दिन तीनपटक खाएको उल्लेख गरेका छन् । दिनको तीन गिलास मह–कागती पानी तथा तीन–तीन घण्टामा मौसमको जुस खाएको भन्दै उहाँले बिहान आधाघण्टा र बेलुका आधाघण्टा जगिङ्ग र प्रणायाम गरेको पनि उल्लेख गरेका छन् ।

Related Articles

Back to top button
Close