News

रुसले विकसित गरेको कोरोना विरुद्धको खोपमा डब्लूएचओले उठायाे प्रश्न

काठमाण्डाै । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले रुसले विकसित गरेको कोरोना विरुद्धको खोपमा प्रश्न उठाएको छ ।रुसले विकसित गरेको खोपबारे जानकारी नभएकाले मूल्याङकन गर्न नसक्ने डब्लूएचओले जनाएको हो । डब्लूएचओका जरबास बारबोसाले कोरोना विरुद्धको खोप बनाउने जो कोहीले पनि डब्लूएचओले सिफारिस गरेको नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो । यो नियमले कोरोना विरुद्ध बनाइएको भनिएको खोप सुरक्षित रहने पनि उहाँको दाबी छ ।

गएको हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोना विरुद्धको खोप बनाउन अन्तराष्ट्रिय मापदण्ड पालना गर्न आग्रह गरेको थियो ।तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप अबको दुई महिनाभित्र धेरै मानिसलाई दिने तयारी भएको बताउनुभएको छ ।

आफ्नो छोरीलाई पनि खोप दिइएको जानकारी दिँदै उहाँले कोरोना विरुद्ध रुसले तयार गरेको खोपको सबै परीक्षण सकिएको दाबी गर्नुभयो ।कोरोना विरुद्धको खोप स्वीकृत गर्ने रुस पहिलो राष्ट्र बनेको छ । तर वैज्ञानिकले भने तेस्रो पटकसम्म परीक्षण नगरी खोप स्वीकृत गरेको भन्दै विश्वसनीयतामा प्रश्न उठाएका छन् ।

विश्व स्वास्थ्य संगठनले तीन चरणमा परीक्षण गरिएको ६ वटा खोपको सूची तयार गरेको छ । त्यो सूचीमा रुसले विकास गरेको खोप समावेश छैन ।विश्वभर अहिले सय भन्दा धेरै खोप पहिलो चरणको परीक्षणमा रहे पनि सन् २०२१ अघि कोरोना विरुद्धको खोप आउनेमा धेरैले शंका व्यक्त गरेका बीबीसीले जनाएको छ ।

Related Articles

Back to top button
Close