News

भारतीय नगारिकलाई नेपाल प्रवेश गर्न रोक, सिमामा अझै कडाइ गर्न निर्देशन !

काठमाडौं– नेपालमा कोरोना स‌ंक्रमण बढेको भन्दै सरकारले भारतीय नगारिकलाई नेपालमा श्रम गर्न आउनका लागि रोक लगाएको छ। ´सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।´

सरकारले रूकुम-पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा अन्तरजातिय विवाह सम्बन्धीको विवादको क्रममा ह, त्या गरिएकाको परिवारलाई १० लाख रूपैयाँको दरले आर्थिक राहत दिने निर्णय गरेको छ´।मन्त्रिपरिषद बैठकको सोमबारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थ, सूचना सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले घाइतेहरूको उपचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरिएको बताए´।

उनका अनुसार सरकारले बिलको आधारमा खर्च बेहोर्ने छ। ´सरकारले उक्त घटनाको भत्सर्ना पनि गरेको मन्त्री खतिवडाले बताए।´गएको जेठ १० गते प्रेमिका लिन भनि सोती गएका प्रेमी नवराज विक र उनका साथिहरू गणेश बुढा मगर, सन्जिब विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको ह,,,त्या भएको थियो।घटनामा लालबहादुर खड्का, कैलाश भन, जीवन भन, डिल्ली विक, सुनिल सुनार, महेश कार्की लगायत घाइते भएका थिए´।उनीहरू जाजरकोटको भेरी नगरपालिकाका हुन्´।

Related Articles

Back to top button
Close