News

आज थप ६ कोरोना सङ्क्रमितको मृ,त्यु : ज्यान गुमाउनेको सङ्ख्या ८९ पुग्यो

काठमाण्डौ । बुधवार नेपालमा एकै दिन कोरोनाका कारण ज्यान गुमाउने संख्याले पनि रेकर्ड बनाएको छ । बुधवार एकै दिन कोरोनाका कराया ६ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । देशका विभिन्न अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । ज्यान गुमाउनेमा ललितपुरमा ३ तथा मोरङ, रुपन्देही र सप्तरीमा १, १ जना छन् ।

गएराति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक जना पूर्व मेयर समेत छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले राजधानीका अस्पतालमा ज्यान गुमाएकाको पुष्टि गरेका छन् । त्यस्तै पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको हो ।गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो

यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षिय पुरुषको राति ज्यान गएको छ । साउन ५ गते भर्ना भएका उनमा निमोनिया, श्वासप्रश्वास लगायतका समस्या थियो यस्तै किस्ट अस्पतालमा पनि एक जनाको कोरोनाकै कारण ज्यान गएको छ । उनका बारेमा विस्तृत विवरण आएको छैन

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिएका छन् ।

ज्यान गुमाएका ४२ वर्षका पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले जनाएको छ । यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको ज्यान गएको छ ।

कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उहाँको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो ।

Related Articles

Back to top button
Close