News

काठमाडौं उपत्यकामा १३८ सहित देशभर ४८४ नयाँ संक्रमित भेटिए

काठमाडौं उपत्यकामा १३८ सहित देशभर ४८४ नयाँ संक्रमित भेटिए
बुधबार नेपाल अधिराज्यभर ४ सय ८४ नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ सय ३८ सहित देशभर ४ सय ८४ नयाँ संक्रमित फेला परेका हुन् ।

आज भेटिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय ९ जना ललितपुर जिल्लमा २१ जना र भक्तपुर जिल्लामा ८ जना नयाँ संक्रमित फेला परेका हुन् ।

योसहित नेपालमा संक्रमित भएकाको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

वितेको २४ घन्टामा ६४ जना निको भएर घर फर्केका छन् । योसहित अहिलेसम्म निको हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

बुधबार मात्रै थप ८ जनाको कोरोनाको कारण निधन भएको छ । कोरोना भाइरसबाट निधन हुनेको संख्या ९१ पुगेको छ ।

काठमाडौं । नेपालमा आज मात्रै कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमणका कारण ८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेस्वर गौतमले पुष्टी गरेका छन् । बुधबार ज्यान गुमाउनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जना रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । त्यस्तै कोरोनाको हटस्पोट बनेको काठमाडौं उपत्यकामा आज फेरी थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि हिजो १ सय ४३ जनामा पुष्टि भएको संक्रमण बढेर १३९ जना पुगेको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेस्वर गौतमका अनुसार ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको गौतमले बताएका छन् । त्यस्तै गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

Related Articles

Back to top button
Close