News

काठमाडौँको साँखुमा ३ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौँको शङ्खरापुर नगरपालिका साखुमा तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

वडा नं ९ का एकै परिवारका आमा – छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए ।संक्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजिकै एक जनामा संक्रमण पुष्टि भएको छ ।

बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close