International

चीनले गोर्खाली सेना भर्ती लिने चासो देखाए पछि भारतमा भुइचालो

काठमाडौं। चीनले गोर्खाली सेनाबारे चासो देखाएको भन्दै अहिले भारतको रक्षा वृत्तमा आतंकको स्थिति सृजना भएको छ भारतीय मिडिया द इकोनोमिक टाइम्सले यसबारे एक भिडियो रिपोर्ट तयार पारेको छ । रिपोर्टमा चीनको काठमाडौंस्थित दूतावासले चीनको एक गैर सरकारी संस्था ‘चाइना स्टडी सेन्टर’लाई यसबारे अनुसन्धान गर्न भनेको दावी गरिएको छ ।

रिपोर्टका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले चाइना स्टडी सेन्टरलाई नेपाली युवाहरु किन भारतीय सेनाको गोर्खा रेजिमेन्टमा भर्ना हुन्छन् भन्नेबारे खोजी गर्न भनेको छ । दूतावासले गैर सरकारी संस्थालाई चीन र भारतबीचको तनावले नेपालमा के कस्तो सामाजिक आर्थिक प्रभाव पारेको छ भन्नेबारे पनि अनुसन्धान गर्न भनेको छ ।

भारतीय सेनामा गोर्खा रेजिमेन्ट सुरक्षाको हिसाबले बलियो स्तम्भ हो । गोर्खा रेजिमेन्टकै आडमा भारत यस क्षेत्रमा शक्तिशाली देशको रुपमा उभिएको पृष्ठभूमिमा चीनले यसरी गोर्खाली सेनाबारे चासो देखाएपछि भारत सशंकित भएको छ । भारतको रक्षा वृत्तमा यसले नयाँ तरंग ल्याएको छ । यस विषयमा भारतीय रक्षा विज्ञहरुले नेपालको दुष्प्रचार गर्ने प्रयास गरेका छन् । उनीहरुले चीनको चासोलाई नेपाल–भारत सीमा विवादबाट चीनले फाइदा उठाउन चाहेको र नेपालले चीनको उक्साहटमा सीमा विवाद उठाएको भन्दै दुष्प्रचार गरिरहेका छन्

केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेनामा नेपाली गोर्खा सैनिक भर्तीबारे १९४७ मा भएको नेपाल–भारत–बेलायत त्रिपक्षीय सम्झौताको औचित्य सकिएको टिप्पणी गरेपछि यो विषय चर्चामा आएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले यो सम्झौताले विगतमा ठूलो संख्यामा रोजगारी सृजना गरेको भए पनि यो अतीतको विरासत भएको र अहिले यसको औचित्य सकिएको हुँदा यो सम्झौताको समीक्षा गर्नुपर्ने टिप्पणी गरेका थिए ।

यसलगत्तै भारतीय पूर्वराजदूतहरुले नेपाललाई घुमाउरो भाषामा धम्की दिएका थिए । नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जीभसिंह पुरीले यदि नेपालले गोर्खा भर्ती रोक्ने निर्णय गरेमा गोर्खाली मूलका (मगर, गुरुङ, राईलगायतमा मंगोलियन समुदाय) भारतीय नागरिक युवाहरुबाटै गोर्खा रेजिमेन्ट परिपूर्ति गरिने बताएका थिए । अर्का पूर्वराजदूत रञ्जीत रेले गोर्खा भर्तीबाट नेपालले ठूलो आथिृक लाभ लिइरहेकोले यसको

समीक्षा गर्दा धेरै पक्ष सोच्नुपर्ने बताएका थिए । रेले प्रस्ट शब्दमै नेपालका मित्रराष्ट्रसँग भारतको तनाव हुँदा त्यहाँ गोर्खाली (नेपाली) सैनिक तैनाथ नगर्ने कुरा अस्वीकार्य भएको बताएका थिए । यसअघि पटक–पटक चीन वा पाकिस्तानविरुद्धको संघर्षमा भारतले गोर्गाली सैनिक तैनाथ गरेको विषयमा नेपालबाट विरोध हुँदै आएको छ । sources dcnepal

Related Articles

Back to top button
Close