News

सुनको भाउ

काठमाडौँ, २९ साउन / प्रतितोला एक लाख रुपियाँभन्दा माथि पुगेको सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली बजारमा एकै दिन छ हजार दुई सय रुपियाँले घटेर बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपियाँ रह्यो । त्यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपियाँ कायम रह्यो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेर एक हजार २१० रुपियाँ प्रतितोला कायम भएको छ । बुधबार बिहान साढे १० बजे अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस एक हजार ८८४ डलर पुगेका आधारमा नेपाली बजारमा मूल्य तय भएको हो ।

नेपाली बजारमा गत शुक्रबार सुनको मूल्य सबैभन्दा उच्च प्रतितोला एक लाख तीन हजार पाँच सय रुपियाँ पुगेको थियो

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा गत साता प्रतिऔँस दुई हजार डलरभन्दा माथि पुगेको मूल्य एकै दिन १३६ डलरसम्मले घटेको छ ।

Related Articles

Back to top button
Close