News

लकडाउन

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म ९ दिन लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिइन्।

अचानक लकडाउन गर्दा बुटवलबाट अन्यत्र जाने र बुटवल आउनेहरुलाई हुनसक्ने समस्यालाई मध्यनजर गरी एकदिनको समय दिएर लकडाउन गर्ने निर्णय गरिएको आचार्यले बताइन्।लकडाउन घोषणा गरिएपछि बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन हुने छन्।

साउन महिना लागेसँगै लकडाउन हटेपछि बुटवलमा यातायात बाहेकका सेवाहरु संचालन हुने क्रम बढिरहेको थियो। प्रदेशको अस्थायी राजधानी रहेका कारण दैनिक आवतजावत गर्ने व्यक्तिहरुको चाप बढिरहेको र कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि लकडाउन गर्ने निर्णय गरिएको उपप्रमुख आचार्यले जानकारी दिइन्।

Related Articles

Back to top button
Close