News

काठमाडौँबाट बाहिर जान र बाहिरबाट उपत्यका आउन नपाइने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालयले बुधबार एक सूचना मार्फत सबै जिल्ला प्रशासनलाई सवारी पास नदिन निर्देशन दिएको थियो।

सोही निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिर जान र बाहिरबाट उपत्यका आउन रोक लगाएको छ।

पछिल्लो दश दिनको अन्तरालमा उपत्यकामा कोरोना संक्रमित दोब्बर मात्रामा बढेका छन्। लकडाउन खोलिएपछि देशभर संक्रमणका घटना बढेका हुन।

Related Articles

Back to top button
Close