Intresting

विवाह बन्धनमा बाधिएको २ दिनपछि तस्विर शेयर गर्दै कानुनी बिहे गर्नुको कारण खुलाए गायक निशान भट्टराईले

काठमाडौं-साउन २७ गते आफ्नी प्रेमिकासंग कानुनी विवाह गरेका नेपाल आइडल सिजन वानका फस्ट रनरअप निशाना भट्टराईले विवाहको तस्विर शेयर गरेका छन् । लामो समय प्रेममा रहेका निशान ऋचाले मंगलवार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर जिल्ला अदालत पुगेर कानुनी विवाह गरेका थिए

विवाह बन्धनमा बाधिएको २ दिनपछि उनले सामाजिक संजाल फेसबुकमा आफ्नो विवाहको तस्विर शेयर गर्दै फ्यानहरुलाई धन्यवाद दिएर उनले कानुनी बिहे गर्नुको कारण खुलाएका छन्

उनले लेखेका छन् ‘हजुरहरु सबैजाना प्रती धेरै(धेरै अभारी छौँ। यति धेरै माया र आसिर्बाद हामीले पाएकोमा धेरै नै खुशी छौँ । यो अहिलेको जटिल समयका कारण हामीले कानुनी विवाह गर्ने निर्णयलाई उचित सम्झ्यौ र यसलाई सफल बनायौ हजुरहरुको माया र आशीर्वाद यसरि नै सधैं कायम रहिरहोस‘।।’ निशानले पछिल्लो समय गाएको गीत के माया लाग्छ र अत्यन्तै चर्चामा रहेको छ

Related Articles

Back to top button
Close