News

कोरोना परीक्षण गरेको शुल्क लिए कारवाही गर्ने

काठमाडौँ, २४ असार -प्रवक्ता गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत रकम लिने गरेको मन्त्रालयमा जानकारी आएको बताउनुभयो । सरकारी खर्चमा नै परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारवाही हुने उहाँले बताउनुभयो । मन्त्रालयले अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न नागरिकलाई अनुरोधसमेत गरेको छ ।

बन्दाबन्दी खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने उहाँको भनाइ छ । उहाँले चिया पसलमा भीडभाड गर्नुको साटो घरभित्रै परिवारसँग बस्न सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “चाडपर्व, जात्रा, मेला अरू समयमा पनि आउने भएकाले अहिले नागरिकले स्वास्थ्य सावधानी अपनाउनुपर्छ ।”

प्रवक्ता गौतमले कतिपय स्थानमा सङ्क्रमणमुक्त भएर घर फर्किएकालाई समेत परिवार र समुदायले घर छिर्न नदिएको भन्ने खबर आइरहेको बताउनुभयो । त्यस्ता व्यक्तिलाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।(रासस)

Related Articles

Check Also
Close
Back to top button
Close