News

पैसा नभएको चेक दिएर सुन पसलमा लाखौं ठ ‘गी गर्ने युवती पक्राउ

महानगरीय अपराध महाशाखाले सुन पलसबाट सुन ठ’गी गर्ने एक महिलालाई पक्राउ गरेको छ।

महाशाखाले बुधबार राति नौं बजे काठमाडौं महानगर-३१ नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धान अनुसार उनले करिब ४ लाख ३६ हजार बराबरको सिक्री, लकेट, ब्रासलेट, हिराको औंठीलगायतका गरगहना विभिन्न बहाना बनाई ठगी गरेका थिइन्।

‘उनी पसल जादाँ राम्री देखिने गरी प्रस्तुत हुने र पसलेको अघि पनि राम्रो ग्राहकका रूपमा प्रस्तुत हुने गर्थिन्,’ महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले भने,’त्यसपछि आफूले विश्वास जितेपछि पसलका मान्छेलाई आफूले पैसा बोक्ने नगरेको भन्दै चेक दिने गर्थिन्।’

चेक दिएर सुनका सामान लिइसकेपछि उनी फरार हुने गरेको एसपी कार्कीले जानकारी दिए। उनका अनुसार सुन वा हिरा पनि करिब ४-५ लाखमाथिको लिन खोज्ने गर्थिन्।

ती चेक साट्न जाँदा पैसा हुँदैनथ्यो।

उनीविरूद्ध नयाँ बानेश्वरकी रमिता रन्जित श्रेष्ठले उजुरी दिएकी थिइन्। मगरले अन्यलाई पनि ठ’गेको हुन सक्ने भन्दै ठगिएको भए कार्यालयको सम्पर्कमा आउनसमेत महाशाखाले अनुरोध गरेको छ।

‘काठमाडौंमा धेरैलाई यसरी ठ’गेर बेपत्ता भएको कुरा आइरहेका छन्,’ उनले भने,’यसरी नै अहिले ठगिएका मौखिक रूपमा चार-पाँच जना सम्पर्कमा आइसकेका छन्।’

प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ।

Related Articles

Back to top button
Close