News

रुसी कोरोना खोप : ३८ जनामा गरिएको थियो टेस्ट, यस्ता छन् साइड इफेक्ट!

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार कोरोनाको सफल खोप भनि घोषणा गरिएको कोरोना खोप केवल ३८ जनामा मात्र टेस्ट गरिएको खुलेको छ।रूसको आधिकारिक दस्तावेजको हवाला दिँदै डेली मेलले आफ्नो रिपोर्टमा सो कुरा उल्लेख गरेको छ।उक्त खोपका धेरै साइड इफेक्ट पनि रहेको समाचारमा जनाइएको छ।रिपोर्टका अनुसार ३८ जनामा टेस्ट गरिएपछि यो खोपलाई देशको नियामक निकायले स्वीकृत दिएको छ।

फेज-३ को ट्रायल अघिनै स्वकृती दिइएको रुसको यो खोपबारे अहिले अमेरिका लगायत युरोपेली देशका वैज्ञानिकहरुले प्रश्न गरिरहेका छन्।रुसी समाचार एजेन्सी फन्टान्काका अनुसार यो खोप दिइएका मानिसमा दुखाई हुने, हात-गोडा सुन्निने, उच्च ज्वरो आउने जस्ता साइड इफेक्ट देखिएको छ।साथै, कमजोरी महसुस हुने, उर्जाको अभाव हुने, भोक नलाग्ने, टाउको दुख्ने, पखाला, नाक बन्द हुने, घाँटी दुख्ने र नाकबाट बग्ने जस्ता गुनासोहरू पनि रिपोर्ट गरिएको छ।उक्त रिपोर्टका अनुसार रूसी अधिकारीहरूले केवल ४२ दिनको रिसर्च पछि यो खोपलाई अनुमोदन थिए।यस कारणले यो खोप कत्तिको प्रभावकारी छ भन्ने कुराबारे धेरैले शंका गरेका हुन।खोप दर्ताका लागि दिइएका कागजातमा महामारी बारे खोपको प्रभावको बारेमा कुनै क्लिनिकल स्टडी नगरिएको डेली मेलले जनाएको छ।

यद्यपि मंगलबार पुटिनले आफ्नो सम्बोधनमा यो खोपले सबै आवश्यक टेस्ट पार गरिसकेको बताएका थिए।रुसले कोरोनाको पहिलो खोपलाई ‘Sputnik V’ भनेर नाम दिएको छ।आवश्यक चरण पार गरेपछि धेरै देशहरूमा आपूर्ति गर्ने तयारी समेत रुसले थालेको छ। अहिलेसम्म २० देशबाट खोपको करोडौं डोजका लागि प्रि-अर्डर भइसकेको रुसी अधिकारीले बताएका छन्।यद्यपि विश्वका धेरै वैज्ञानिकले रूसको यस कदमको कडा आलोचना गरेका छन्।यदि खोप गलत वा खतरनाक सावित भए यसले झन् महामारी र विकराल रुप लिनसक्ने विज्ञहरुको चिन्ता छ।

पुटिनले यो खोप दिइएपछि आफ्नी छोरीलाई थोरै समयको लागि मात्र ज्वरो आएको जनाएका थिए। तर, फन्टान्का न्युज एजेन्सीले भ्याक्सिनको साइड इफेक्टको रूपमा धेरै समस्या रहेको औंल्याएको छ।यी समस्याहरू मानव शरीरमा दोहोरिने र लामो समय सम्म रहने बताइएको छ।रिपोर्ट अनुसार सुई दिएपछि देखिएका साइड इफेक्टका अधिकांश घटना आफै निको भएका थिए। तर, अध्ययनको ४२ औं दिन सम्म पनि ३२ वटा साइड इफेक्टका घटनाहरू देखिएको बताइएको छ।४२ औं दिनसम्म पनि खोप लगाइएका स्वयंसेवकको शरीरमा एन्टिबडीहरूको मात्रा औसत तहभन्दा कम रहेको दाबी गरिएको छ।

रुसले यो खोप १८ भन्दा मुनि र ६० भन्दा माथिको उमेरका मानिसलाई लगाउन स्वीृकती नदिएको समाचारमा उल्लेख छ।त्यस्ता व्यक्तिहरूमा यो खोपले के असर पार्नेछ? यो भने थाहा छैन।गर्भवती र बच्चालाई स्तनपान गराउने महिलालाई पनि खोप लगाइने छैन।गम्भीर बिरामी परेका मानिसलाई पनि थप सतर्कताका साथ खोप लगाउन भनिएको छ।रुसको खोपबारे विश्वभर आशंका र आलोचना भएपछि रुसले भने आफ्नो खोपको बचाउ गरेको छ।अबको दुई हप्तामा खोपको पहिलो ब्याच देशका चिकित्सकमा लगाउने बताएका छ। अमेरिका लगायत पश्चिमा देशहरुको आलोचनाको रुसले खण्डन गरेको छ।

आफ्नो खोपमा विश्वास नहुने देशलाई रुसले आफै खोप बनाउन आग्रह गरेको छ।रुसले अक्टुबरबाट यो भ्याक्सीन धेरै मात्रामा बनाउन थाल्ने र ठूलो जनसंख्यामा दिने बताइसकेको छ।उत्पादनका साथै भ्याक्सीनको फेज ३ को ट्रायल सँगसँगै जारी रहने रुसले बताएको छ।तर विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने कोरोना खोपको नियम पालना नभएको बताइसकेको छ।-एजेन्सी

Related Articles

Back to top button
Close