Video

क्वारेन्टिनमा यसरी छमछमी नाच्दै प्रहरी जवान, भिडियो भयो भाइरल (भिडियो हेर्नुस्)

काठमाडौं । कोरोनाको कहरले लामो समयसम्म बन्दाबन्दी हुदा नागरिकको जनजीवन कष्टप्रद बन्यो । व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, सवारीसाधन, बजार ठप्प हुँदा नागरिकले बन्दाबन्दीको समयमा निकै समस्या भोग्न बाध्य भएका थिए । अहिले विस्तारै बन्दाबन्दी खुकुलो हँुदै जाँदा दैनिक जीवनयापन सहज बनेको छ ।

नागरिकहरु आ–आफ्नै पेशा तथा व्यवसायमा विस्तारै फर्कन थालेका छन् । आयस्रोत जुटाउने तथा जीविकोपार्जन कार्यमा नागरिकको दिनचर्या बित्ने गरेको छ । श्रमिक मजदूर सडक तथा भवन निर्माण, सडक, नाली निर्माणलगायतका विभिन्न कार्यमा सक्रिय बन्न थालका छन् ।

बन्दाबन्दी खुकुलो हुन थालेपछि लामो समयसम्म ठप्प रहेका व्यापार व्यवसाय पुनःसुचारु भएका छन् । तीन महिनासम्म बन्द रहेको व्यवसाय वातावरण खुकुलो हँुदै गएपछि सुचारु गरिएको नमस्ते होटल पाल्पाका सञ्चालक कमल पाण्डेय बताउनुहुन्छ “वातावरण खुकुलो बन्दै जान थालेपछि ग्राहकले नै व्यवसाय सञ्चालन गर्न अनुरोध गरेपछि पुनःसुचारु गरियो, व्यापार पहिलेको तुलनामा अत्यन्तै कम छ तर दिनप्रतिदिन विस्तारै बढ्दै भने गएको छ” ।

Related Articles

Back to top button
Close