News

विदेशबाट

काठमाडौं । विदेशमा अ लपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उ द्धार गरिएको छ ।
गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा को रोना भा इरसका कारण जारी ल कडाउनका कारण विदेशमा अ लपत्र नेपालीको उ द्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडान मार्फत उनीहरुलाई उ द्धार गरिएको हो ।

सरकारी नीतिले थप समस्या : सरकारले गरेको दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै उ द्धार गरेर विदेशबाट ल्याउने निर्णयले विदेशमा अ लपत्र र स मस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उ द्धारमा थप ढिलाई हुने भएको छ ।

संघ अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अ लपत्र नेपाली, भिसा अवधि सकिएका तथा म हामारीका कारण अन्य विभिन्न स मस्यामा परेका नेपालीहरु यो निर्णयले थप नि राश बनेका छन् ।

विशेषगरी मध्यपूर्वमा अ लपत्र नेपाली यस निर्णयबाट बढी प्र भावित हुने केसीको भनाई छ । उहाँले सरकारले यस विषयमा पुर्नविचार गर्नुपर्ने बताउनुभएको छ ।विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उ द्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप स मस्या थप्ने भएकाले उ द्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उ द्धार गर्ने जनाएको थियो ।२४६ जनाको श व नेपाल ल्याइयो। विदेशमा विविध कारण मृ त्यु भएका २४६ जनाको श व नेपाल ल्याई परिवारलाई बुझाइएको छ ।१७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ ।
विदेशमा मृ त्यु भएका ४९४ जनाको मध्ये अझै ७६ जनाको श व नेपाल ल्याउन बाँकी छ ।

Related Articles

Check Also
Close
Back to top button
Close