News

पुजा प्रकाश बिवाद : कार्यक्रम बहिष्कार गर्ने निर्णयको सर्वत्र बिरोध

पुजा प्रकाश बिवाद : कार्यक्रम बहिष्कार गर्ने निर्णयको सर्वत्र बिरोध

काठमाडौं – गत हप्ताको विहिबार एपीवान टेलिभिजनमा फिल्मी पत्रकार प्रकाश सुबेदीले नायीका पुजा शर्मामाथी लक्षित गर्दै एउटा भद्दा टिप्पणी गरेका थिए । उनले कार्यक्रममा बोलेको कुरा पुजा शर्मालाई नै लक्षित गरेको प्रस्ट्र बुझ्न सकिन्थ्यो ।
सुवेदीले नायिकाको नाम नलिए पनि उनको टिप्पणी पूजाप्रति लक्षित रहेको बुझ्न कठिन छैन । केही समयअघि उनले नै पूजाको एउटा अन्तरवार्ता लिएका थिए, जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो । नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने प्रश्नको पूजाले सही जवाफ दिन सकेकी थिइन् ।

उनले त्यस विषयमा माफी समेत मागी सकेको थिइन् । फेरि त्यही कुरालाई लिएर टेलिभिजन प्रस्तोताले टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गरेका थिए । त्यसको भिडियो क्लिप टिकटकमा भाइरल बनेको छ । धेरैले पत्रकार सुवेदीको कटु आलोचना भएको थियो ।

उनको समर्थनमा पुरै फिल्मकर्मी उत्रिए । आफ्नो चरित्रह-त्या गरेको भन्दै कलाकार शर्माले उनी र कार्यक्रमविरुद्ध उजुरी दिएकी थिइन् । उनले चलचित्र निकट विभिन्न संघसंस्था र एपिवान टेलिभिजनमा समेत उजुरी दिएकी थिइन ।

पूजाको उजुरीमार्फत सञ्चालक सुवेदीले कार्यक्रमबाट माफी मागिसकेका छन् ।

यता नेपाल चलचित्र कलाकार संघसहित सात संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै रजतपटबाट प्रसारण भएको कार्यक्रमले मानवताको धज्जी उडाएको निष्कर्ष निकाल्दै कलाकारलाई कार्यक्रम बहिष्कार गर्न आह्वान गरेका छन् ।

कलाकारले भने चलचित्र क्षेत्रका सात जिम्मेवार संस्थाले यस्तो खाले टिप्पणी गर्नु अशोभनीय भएको बताएका छन् ।

साथै विज्ञप्तिमार्फत चलचित्रकर्मीलाई ‘रजतपट’ नामक कार्यक्रममा सहभागिता नजनाउन आग्रह गरिएको छ ।

जिम्मेवार संघको यस्तो विज्ञप्ति आएपछि कलाकारहरुले यो निर्णयमा विरोध जनाएका हुन् ।

निर्देशक प्रदीप भट्टराईले यसलाई ‘रिसको झोंकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णय’ भनेका छन् । ‘रिसको झोंकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णय जस्तो पो लाग्यो है, सात संस्थाको निर्णय,’ उनले भनेका छन् ।

यस्तै कलाकार नीता ढुंगानाले यो निर्णयलाई ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेकी छिन् ।

कलाकार रेखा थापाले पनि बहिष्कारको निर्णयमा असहमति जनाएकी छिन् । ‘निषेधले निषेध जन्माउँछ, बहिष्कारले बहिष्कार जन्माउँछ, ताल्चा बजारमा जति पनि पाइन्छन्, मैले मेरो गेटमा लगाउँछु भने अरुले पनि आफ्नो गेटमा लगाउन सक्छन्,’ उनी भन्छिन् ।

अन्य कलाकार र चलचित्रकर्मीले पनि यो निर्णयको विरोध जनाएका छन् । रंगपत्रकार र समीक्षकले पनि यो निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।

Related Articles

Check Also
Close
Back to top button
Close