News

, मास्क

काठमाण्डाै – केही हप्तायता काठमाण्डाै उपत्यकासहित देशका विभिन्न जिल्लामा काेराेना भाइरसकाे जाेखिम बढिरहेकाे छ । काेराेनाकाे जाेखिम रहेकाे भन्दै सरकारले पटक–पटक शारीरिक दुरी कायम गर्न, मास्क लगाउन र स्वास्थ्यसम्बन्धी प्राेटाेकलकाे पूर्णरुपमा पालना गर्न आग्रह गरिरहेकाे छ ।

तर सरकारले गरेकाे आग्रहकाे पूर्णरुपमा पालना भएकाे छैन । यही सन्दर्भमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालकाे नेतृत्वमा महाराजगञ्जकाे चक्रपथमा रहेका पसलमा छड्के जाँच गरिएकाे छ ।

छड्के जाँचका क्रममा पसलमा बस्नेले मास्क नलगाइ बसेकाे पाइएकाे छ । मास्क नलगाएकाे पाइएपछि उनीहरुलाई कारबाही स्वरुप जरिबाना तिराइएकाे छ ।

Related Articles

Back to top button
Close