News

घरमा आमाको मृ’त्यु, छोरा बुहारी र नातीलाई कोरोना पोजेटिभ, सेनाले गर्यो श’वको व्यवस्थापन

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ३ पृथ्वी चोककी ८७ बर्षीया बृद्धाको गए शनिबार राति आफ्नै घरमा मृ’त्यु भएको छ । तर, उनको शव उठाउने छोरा मंगलबारदेखि कोरोना संक्रमण देखिएका कारण अइसोलेसनमा बसेका छन् ।बद्धालाई पनि ज्वरो आउने भइरहेको थियो । छोरा आइसोलेसनमा गएपछि परिवारका सवैको पीसीआर टेष्ट गरेको हो । तर बुहारी र नातिको पोजेटिभ रिपोर्ट आयो भने मृ’तक बुद्धाको नेगेटिभ रिपोट आयो ।छोरा आइसोलेसनमा उपचाररत रहेकै अवस्थामा आमाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृ’त्यु भएको हो ।

आफुसंगै बसेकी बुहारीको रिपोट पोजेटिभ आएका कारण आफन्त ना’तागोता र छर छिमेकीहरु कोही पनि श’व व्यवस्थापनमा जु’टेनन् ।विराटनगर महानगरपािलका, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा थलाहा स्थित नेपाली सेनाले श’व ब्यवस्थापन गरेको वडा नं. ३ का वाध्यक्ष विनोद वस्नेतले जानकारी दिनु भयो ।उहाँले दुइपटक सम्म स्वा’ब परीक्षण गर्दा समेत बद्धाको रिपोट नेगेटिभ आएका कारण कोरोना संक्रमण नभएको बताउनु भयो । तर छोरा बुहारी र नातिलाई संक्रमण भए पछि ड’राएर छिमेकी र आफन्तहरुले बृद्धाको अ’न्तिम सं’स्कार गर्न नपुगेपछि नेपाली सेनालाई जि’म्मा लगाइएको अध्यक्ष वस्नेतले बताउनु भयो ।

यसैगरी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित भएर मृ’त्यु भएकी विराटनगर महानगरपालिका वडा नं। २ की ५० बर्षीया महिलाको नेपाली सेनाले अ’न्तिम सं’स्कार गरेको छ ।उनलाई शनिबार विराटनगर स्थित न्यूरो अस्पतालबाट वीपी कोइराता स्वास्थ्य विज्ञान प्रतिष्ठान रि’फर गरिएको थियो । न्यूरोमा उपचार गराइरहेकी उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि धरान रि’फर गरिएको थियो ।मृ’तक महिलाको श्वा’सप्रश्वासमा समस्या अत्याधिक ज्वरो आएको र खोकी साथै फोक्सो र मुटुमा स’मस्या भएको सो प्रतिष्ठानले जनाएको छ ।

उपचारकै क्रममा उनको गए राति मृ’त्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनु भयो । धरान पुग्दा उनको स्वास्थ्यमा धेरै स’मस्या भइसकेको थियो र उपचार गर्दा गर्दै उनको मृ’त्यु भएको जनाइएको छ ।नेपाली सेनाले कानेपोखरीको जंगलमा उनको अ’न्तिम सं’स्कार गरेको हो । प्रदेशमा कोरोनाको कारण ज्यान गु’माउने पहिलो महिला हुन । योसंगै विराटनगरमा भृ’त्यु हुनेको संख्या ७ पुगेको छ भने मोरङमा १० पुगेको छ ।

Related Articles

Back to top button
Close