News

भारतीय पूर्व क्रिकेटर एवं उत्तरप्रदेशका क्याबिनेट मन्त्री चेतन चौहानको कोरोनाबाट निधन

काठमाडौँ । भारतिय पूर्व क्रिकेटर एवं उत्तरप्रदेश राज्यका क्याबिनेट मन्त्री चेतन चौहानको कोरोनाबाट निधन भएको छ ।

७३ बर्षिय चौहान कोरोना संक्रमित भएपछि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारत रहेका थिए ।

चौहानको निधन भएको उनका भाई पुष्पेन्द्र चौहानलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी पिटीआईले जानकारी दिएको छ ।
चौहान जुलाई १९ मा कोरोना पुष्टि भएदेखि नै उपचारत थिए

उनी उत्तर प्रदेश राज्यको सैनिक कल्याण, होमगार्ड, पीआरडी र नागरिक सुरक्षामन्त्री थिए ।

चौहान उत्तर प्रदेशबाट दुई पटक लोकसभामा संसद समेत बनेका थिए ।

कोरोनाबाट मृत्यु हुने उनी उत्तरप्रदेश क्याबिनेटका दोस्रो मन्त्री हुन् । यस अघि मन्त्री कमला रानी वरुणको केहि साता अघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

भारतीय राष्ट्रिय टिमबाट चौहानले ४० टेस्ट, ७ एकदिवसीय खेल खेलेका

Related Articles

Back to top button
Close