News

हिन्दू

काठमाडौं । कोरोना संक्रमणबाट निको भइ निधन भएका एक जनाको हिन्दुसंस्कार अनुसार अन्त्येष्टि गरिएको छ।

पर्साको वीरगंजमा ती व्यक्ति कोरोना संक्रमण ठीक भइसकेका थिए । तर, उनको मृत्यु भएपछि कोही पनि आफन्त उपस्थित भएको थिएनन् ।

उनलाई समुदायका व्यक्तिहरू मिलेर दाहासंस्कार गरिएको हो।
मृतक हिन्दू धर्मावलम्बी भए पनि मृत्यु संस्कारमा आफन्त, नातेदार र छिमेकीहरू आउन नमानेपछि मुस्लिम समुदायका व्यक्तिहरूले दाहसंस्कार गरेका हुन।

छरछिमेकलाई खबर गर्दा कोही पनि आउन नमानेको खबर आएपछि आफैं घाटमा गएर हिन्दू धर्म मान्ने मान्छेहरूलाई टेलिफोनमा सोधेर दाहसंस्कार गरेको वडाध्यक्ष तुफान अन्सारीले बताएका छन्

केही दिनअघि कोरोना संक्रमण भए पनि निको भइसकेका वीरगंज महानगरपालिका(१३, शिवनगरका लालबहादुर शाहको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि शनिबार बयोधा अस्पतालमा भर्ना भएका थिए।

सुगर र प्रेसरका समेत बिरामी शाहको राति मृत्यु भएको थियो।

Related Articles

Back to top button
Close