News

यूएईमा एकै ठाउँमा दुई नेपालीको ह’त्या : एकको पहिचान खुल्यो,

यूएई – यूएईमा ह’त्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको छ ।

यूएईको सारजाहमा साउन २४ गते ह’त्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । ह’त्या हुनेमा तनहुँ भगवतीपुर ७ का ३६ वर्षिय मंगलराज श्रेष्ठको पहिचान भए पनि अर्का एक नेपालीको भने पहिचान खुलेको छैन ।

गएको साउन २४ गते शनिबार सारजाहमा दुई नेपालीको ह’त्या भएको यहाँका स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि दूतावासले चासो लिएको छ । पहिचान खुलेका श्रेष्ठको शरीरमा २० ठाउँमा छु’रा प्र’हार भएको छ । अर्का नेपालीको शरीरमा पनि त्यस्तै धा’रिलो ह’तियार प्रयोग गरेर ह’त्या भएको दूतावासको भनाइ छ ।

घट’नाको प्रारम्भिक विवरण अनुसार दुई जनाबीच आपसी वि’वाद हुँदा एक अर्काको ह’त्या भएको भनिए पनि घ’टनाबारे थप अ’नुसन्धान भइरहेको र घ’टनामा संलग्न भएको आशंकामा केही प’क्राउ परेका यूएईको स्थानीय सञ्चारमाध्यम गल्फ न्युजले उल्लेख गरेको छ ।

एउटै घ’टनामा दुई नेपालीको ह’त्या भएको जानकारी दूतावासलाई भए पनि स्थानीय प्रसाशनले अ’नुसन्धान गरिरहेकाले पूर्ण विवरण आउन बाँकी रहेको दूतावासका प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धितालले बताउनुभयो ।

घर फर्कन पाएनन् मंगलराज​

दुई वर्ष पहिले मंगलराज नेपालबाट बहराइन जानुभएको थियो । बहराइनमा काम गर्दा गर्दै अनलाइनमार्फत यूएईमा काम खोजेर बहराइनबाटै यूएई आएको मृ’तकका जेठान कर्मा लामाले उज्यालोलाई जानकारी दिनुभयो ।

एक वर्ष अघिदेखि यूएईमा कार्यरत मंगलराज घरमा पालेका चराचुरुङ्गीलाई रेखदेखको काम गर्ने आफन्तले बताएका छन् । उहाँको घर जाने योजना थियो ।

घरबिदामा नेपाल फर्कन उहाँले भदौ १ गतेको टिकट काट्नुभएको थियो । हातमा टिकट र साथमा घर फर्कने योजना लिएर मंगलराज यूएईमै अ’स्ताउनुभएको छ ।

Related Articles

Back to top button
Close