News

रुसपछी चीनले पनि बनायो कोरोना भाइरसको भ्याक्सिन

चीनले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरेको छ । रुसले दुईदिनअगाडि कोरोना भाइरसको भ्याक्सिन तयार पारेको घोषणा गरेसँगै चीनले पनि भ्याक्सिन निर्माण गरेको जनाएको छ । चीनले निर्माण गरेको उक्त भ्याक्सिन तत्काल सर्वसाधारणको पहुँचमा नपुग्ने भएको छ । किनकी चीनले पहिले चिनियाँ जनमुक्ती सेनालाई प्रयोग गर्न अनुमति दिएको छ ।

रुसी खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन् । रुसले डब्ल्युएचओसँग समन्वय नगरी निर्माण गरेको उक्त भ्याक्सिनले कोरोना संक्रमितका लागि उपयोगी भएको दाबी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटीनले उक्त भ्याक्सिन कोरोना संक्रमित आफ्नी छोरीमा पनि सफल परीक्षण भएको बताएका छन् ।

रुसले निर्माण गरेको भ्याक्सिनको नाम स्तुपनिक–५ राखिएको छ । उक्त भ्याक्सिन गामालेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको हो । यता चीनमा क्यानसिनो बायोलोजिक्सले उक्त भ्याक्सिन तयार पारेको हो ।

क्यानबरामा रहेको अनुसन्धान समूहका चीन पोलिसी सेन्टरका निर्देशक एडम निले छनौट रोग र जैविक हतियार जस्ता सैन्य अनुप्रयोग भएका क्षेत्रमा सेनाको उन्नत चिकित्सा अनुसन्धान प्राकृतिक स्रोतमा केन्द्रीत भएको बताए ।

उनले भने, ‘यसले महामारीको बखत धेरै काम गरेको छ ।’ रुस र चीनले बनाएका भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणबाट गुज्रिरहेका छन्। चीन र रुस दुवैले आफ्नो भ्याक्सिनले कोरोनाविरुद्ध प्रभावकारी काम गरेको दाबी गरिरहेका छन्।

दुवै देश विश्‍व स्वास्थ्य संगठन (डब्ल्युएचओ) या अन्य अन्तर्राष्ट्रिय आलोचनाको कुनै प्रवाह नगरी आफ्नो भ्याक्सिन दर्ता गरेर प्रयोग अनुमति दिइसकेका छन्। चीनले क्यानसिनो बायोलोजिक्सले तयार पारेको भ्याक्सिनलाई सीमित परिमाणमा प्रयोगको अनुमति दिएको छ। अब यो भ्याक्सिन चिनियाँ जनमुक्ति सेनाका लागि उपलब्ध गराइएको छ।

अर्कातिर रुसले एक कदम अघि बढेर गामालेया रिसर्च इन्स्टिच्युटको भ्याक्सिन सबैका लागि प्रयोग अनुमति दिएको छ। दुवै भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणबाट अघि बढिरहेका छन्। तेस्रो चरणको परीक्षण जारी रहेकाले यी भ्याक्सिनलाई विश्‍वसमुदायले स्वीकार्ने अवस्थामा पुग्न अझै समय लाग्‍नेछ।यो समाचार येबिसी नेपाल डट टिभी मा खबर रहेको छ

Related Articles

Back to top button
Close