News

आज थपिए ५८१ जना

काठमान्डौ , नेपालमा आज थप ५८१ जनामा कोरोना पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै आज नेपाल भर १

सय ७३ महिला र ४ सय ८ पुरुष छन्। आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट नि’को हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ। त्यस्तै मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा गरिएको परीक्षणमा मृ’तक थप ३ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।

Related Articles

Back to top button
Close