News

८८ वर्षकी वृद्धाले

पोखरा । पोखरामा ८८ वर्षकी वृद्धा कोरोनामुक्त भई डिस्चार्ज हुनुभएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालबाट आइतबार ८८ वर्षकी देवीकुमारी गुरुङ डिस्चार्ज हुनुभएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँ सम्भवतः नेपालमा कोरोना जित्ने सबैभन्दा बढी उमेरको व्यक्ति हुनुहुन्छ ।

काठमाडौं । देशभर कोरोना संक्रमणको दर ह्वात्तै बढीरहेका बेला काठमाडौँमा भने भयाभह नै भएको छ । लकडाउनसम्म खासै संक्रमितहरु फेला नपरेको काठमाडौँमा लकडाउनपछि भने भारत र तराईका जिल्ला हुँदा काठमाडौँ मनपरी तरिकाले प्रवेश गर्नेहरुको संख्या बढेसँगै काठमाडौंमा अहिले दिनकै करिब २ सय हाराहारीमा संक्रमितहरु भेटीन थालेका छन् ।

जसका कारण अस्पतालमा शैह्याको समेत अभाव हुन थालेका बेला बल्ल नाका सिल गर्न थालिएको छ । कोरोना संक्रमण दर बढेसँगैकाठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाले लकडाउनलाई थप कडाई गर्दै चिया पसलहरु, मासु पसल, सैलुन, स्टेसनरी पसल, कपडा पसल लगायत संचालन गर्न निषेध गरेको छ । यो नियम आजदेखि १५ गतेसम्म नगरपालिकाभित्र लागू हुनेछ ।

Related Articles

Back to top button
Close