News

रुस

भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,” उहाँले बताउनुभयो । उहाँले चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

आधारभूत प्रक्रियाहरू पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्वीकृति दिने उहाँको भनाइ छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरूलाई अन्त्यन्त धेरै खुशी लागेको उहाँले बताउनुभयो ।

उहाँले अमेरिकमा पनि केही वैज्ञानिकहरूले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिनुभयो । अहिलेसम्म औषधिको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरि महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरि धेरै वैज्ञानिकहरूले खोप बनाइरहेको दाबी गरेका छन्

Related Articles

Back to top button
Close