News

सुभद्राको निधन भएको १ वर्ष: एलिजाले बल्ल पाईन् खबर, यस्तो स्ट्याटस लेखेर डिलेट

सामाजिक सन्जालमा राम्रा कुरा भन्दा नराम्रो कुरा छिटो र छोटो समयमा भाईरल हुन्छ भन्ने पछिल्लो केही घटनाले प्रष्ट हुन्छ । तर, आजको एक घटना केहि अचम्मित देखियो । प्रख्यात चरित्र अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको आज एक वर्ष पुग्यो । तर, चलचित्र क्षेत्रकै केही व्यक्तिहरु उनको निधनबारे हिजोका दिनसम्म बेखबर रहेछन् । सो कुराको प्रमाणको रुपमा अभिनेत्री तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम देखिइन ।

एक अनलाइनले सुभद्राको आजै निधन भएको आशयको समाचार प्रकाशित गर्यो । गौतमले पनि सुभद्राको निधन भएको एक वर्षपछि समाचार थाहा पाएकी छन् । १ वर्ष अघि निधन भएपनी गौतमले आजै निधन भएको आसयको पोस्ट गरिन । एउटा चलचित्रमा नायिका बनेर अभिनय गरेकी एलिजा गौतम (ऋषी धमलाकी पत्नी) ले आज दिउँसो भावुक बन्दै फेसबुकमा उक्त पोस्ट गरेकी हुन् । हेर्नुस् उनको पोस्ट ।

उनले अहिले त यो पोस्टलाई आफ्नो फेसबुक आईडिबाट हटाईसकेकी छन् । उनले उक्त पोस्टमा लेखेकी थिइन्, ‘उहाँलाई सानैदेखि पर्दामा देखेर ठूला भएका हामी निधनको खबर सुन्दा साह्रै मन रोयो । हजुरको स्वर्गमा बास होस् । हार्दिक श्रद्धान्जली सुभद्रा अधिकारी दिजु ।’ सुभद्रा अधिकारीलाई पर्दामा देखेर हुर्केकी एलिजालाई एक वर्षअघि नै उनको मृत्यु भएको थाहै रहेनछ । जब उनलाई फोनहरु र म्यासेजहरु आउन थाले, आफ्नो स्टाटस सच्याउनुको साटो सुटुक्क पोष्ट नै डिलिट गरिदिइन् ।

अन्य केहिले पनि यसै कुरालाई पछ्याउँदै पोस्ट गरे । केही कलाकारहरूले भने वार्षिकीका अवसरमा उनलाई श्रद्धान्जली व्यक्त गर्दै बिहान फेसबुकमा पोष्ट गरेका थिए । फेसबुकका विभिन्न ग्रुप, पेज तथा आईडिहरुमा पनि यस्तै आशयमा स्टाटसहरु आईरहेका छन् । रिपको ओइरो लागिरहेको छ । अधिकारीको गत वर्षको साउन ३२ गते निधन भएको थियो । निमोनियाबाट पिडित उनको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी नेपाली चलचित्र उद्योगकै प्रख्यात चरित्र अभिनेत्री हुन् ।

Related Articles

Back to top button
Close